रुकुमपूर्व। सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।
गाउँपालिकाभित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।
स्वास्थ्य कार्यालय रुकुम (पूर्व) र सिस्ने गाउँपालिकाको समन्वयमा औपचारिक कार्यक्रमको आयोजना गर्दै पालिकालाई पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको छ। प्रतिनिधि सभा सदस्य कमला रोकाले प्रतिबद्धतापत्रमा हस्ताक्षर गर्दै पूर्ण खोप सुनिश्चित गरिएको हो।
स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवले गाउँपालिकामा जन्मेदेखि १५ महिनासम्मका ५२१ जना र १६ देखि २३ महिनासम्मका २९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्न सफल भएको बताए।
सिस्ने गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप सेवा दिँदै आइएको छ।
" /> रुकुमपूर्व। सिस्ने गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।गाउँपालिकाभित्रका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि पूर्ण खोप सुनिश्चित पालिका घोषणा गरिएको हो।

">