विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या ११ लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ९१ लाख ५० हजार ७५० पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ९७ हजार २५ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या ११ लाख दुई हजार ४०४ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप ६ हजार ८६ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ९३ लाख ६२ हजार २०७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८६ लाख ८६ हजार १३९ छ। त्यसमध्ये ७० हजार ८५२ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८२ लाख १४ हजार ८०५ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७३ लाख ६५ हजार ४३५ पुगेको छ भने ब्राजिलमा ५१ लाख ७० हजार ९९६ छ।

प्रतिक्रिया दिनुहोस्