चितवन। कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन्। चेम्बर अफ कमर्सको ७०औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउनका लागि प्लाज्मा दान गरेका हुन्।
कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन्। यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए।
कोराना सङ्क्रमित बिरामीलाई कोरोनामुक्त व्यक्तिबाट शरीरमा बनिसकेको एण्टीबडी अर्को सङ्क्रमित व्यक्तिलाई दिन प्लाज्मा थेरापी गर्ने गरिन्छ।
चितवन चेम्बर अफ कमर्सका अध्यक्ष दीर्घमान श्रेष्ठले कोभिड-१९ सङ्क्रमितको जीवन रक्षाका लागि प्लाज्मा दान अभियान चलाइएको बताए। उनका अनुसार अब दसैंपछि रत्ननगर क्षेत्रमा प्लाज्मा रक्तदान अभियान चलाउने योजना छ। रासस
" /> चितवन। कोरोना सङ्क्रमित भएका २० जनाले प्लाज्मा दान गरेका छन्। चेम्बर अफ कमर्सको ७०औं स्थापना दिवसका अवसरमा आज नारायणगढमा आयोजना गरिएको कार्यक्रममा २० जनाले सङ्क्रमित अन्य बिरामीलाई उपचारमा सहज बनाउनका लागि प्लाज्मा दान गरेका हुन्।कोरोनामुक्त प्रहरी र सर्वसाधारणले प्लाज्मा दान गरेका हुन्। यसअघि राप्ती नगरपालिकामा गरिएको प्लाज्मा दान कार्यक्रममा १६ जनाले रक्तदान गरेका थिए।

">