रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।
गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो।
जिल्ला स्वास्थ्य कार्यालय र गाउँपालिकाको समन्वयमा आयोजित कार्यक्रममा प्रतिनिधिसभाका सदस्य कमला रोकाले पूर्ण खोप सुनिश्चित घोषणा गर्दै गाउँपालिका अन्तर्गतको स्वास्थ्य संस्था र जिल्ला स्वास्थ्य कार्यालयको सक्रियताले सरकारको लक्ष्यलाई सघाउँदै पूर्ण खोप सुनिश्चित भएकाका सम्बद्ध पक्षलाई धन्यवाद दिइन्।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) की सांसद् उनले पछिल्लो समय अभिभावकमा पनि नियमित खोपका लागि आफ्ना बालबालिकालाई स्वास्थ्य संस्थामै पुर्याउनुपर्छ भन्ने चेतनाको विकास हुँदै गएको बताइन्।
गाउँपालिका स्वास्थ्य शाखाका संयोजक सुरेन्द्रप्रसाद यादवका अनुसार गाउँपालिकाका जन्मेदेखि १५ महिनासम्मका पाँच सय २१ जना र १६ देखि २३ महिना सम्मका दुई सय ९२ जना बालबालिकालाई पूर्णखोप प्रदान गरिएपछि पूर्ण खोप घोषणा गर्ने आधार तय भएको जनाए। गाउँपालिकामा पाँच स्वास्थ्य चौकी ६ सामुदायिक स्वास्थ्य इकाइ गरी ११ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई नियमित खोप लगाउने गरिएको छ। रासस
" /> रुकुमपूर्व। रुकुमपूर्वको सिस्ने गाउँपालिकालाई आज पूर्ण खोप सुनिश्चित गाउँपालिका घोषणा गरिएको छ।गाउँपालिकाका सबै वडा र बस्तीका बालबालिकाले नियमित खोप पाएपछि सो घोषणा गरिएको हो।

">