सुदूरपश्चिम। कोरोना भाइरस संक्रमित बढिरहँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।
अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए।
“अस्पतालमा बेहोस गराउने एकजना मात्र चिकित्सक कार्यरत रहनु भएकोमा केही दिनयता थप एक जना एनेस्थेसिया चिकित्सक आउनुभएको छ”, उनले भने, “जटिल अवस्थाका बिरामी थप बढ्दै जाँदा उपचार व्यवस्थापनमा समस्या भइरहेको छ।”
अस्पतालमा १० आईसीयू र १० भेन्टिलेटरको व्यवस्थापन गरिएको छ। जटिल अवस्थाका बिरामी बढ्दा आईसीयू र भेन्टिलेटरको पनि अभाव हुने अस्पतालले जनाएको छ।
कोरोना अस्थायी अस्पतालमा हाल आईसीयूमा पाँच र भेन्टिलेटरमा तीनजना कोरोना स्क्रमितको उपचार भइरहेको छ। आइसोलेसनमा ३६ जना उपचाररत छन्। रासस
" /> सुदूरपश्चिम। कोरोना भाइरस संक्रमित बढिरहँदा सेती प्रादेशिक अस्पताल धनगढीमा जनशक्तिको अभाव हुन थालेको छ।अस्पतालको कोभिड-१९ उपचार विभागका प्रमुख डा. शेरबहादुर कमरले बिरामीलाई अक्सिजन दिने, भेन्टिलेर मेसिन सञ्चालन गर्ने, बेहोस गर्ने लगायतको उपचार व्यवस्थापनमा खटिनु पर्ने एनेस्थेसिया चिकित्सकको अभाव भएको बताए।

">