कैलाली। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा डाक्टर निरज अर्याल नियुक्त भएका छन्।
सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले आज सेती प्रादेशिक अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डाक्टर निरज अर्याललाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिएका हुन्।
मङ्गलबार सामाजिक विकास मन्त्रालयको मन्त्रिस्तरीय निर्णयबाट सुदूरपश्चिम प्रदेश स्वास्थ्य निर्देशनालय प्रमुख डा. गुणराज अवस्थीलाई आपूर्ति व्यवस्थापन केन्द्रको जिम्मेवारी हटाउँदै डा. अर्याललाई नियुक्त गरिएको सचिव विष्टले जानकारी दिएका छन्।
प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रमा ११ औँ तहको दरबन्दी भए पनि सामाजिक विकास मन्त्रालयले भने दोहोरो जिम्मेवारीको कारण देखाउँदै डाक्टर अवस्थीलाई हटाउदै १० औँ तहका डाक्टर अर्याललाई निमित्त प्रमुखमा नियुक्त गरिएको सचिव विष्ट बताउँछन्।
" /> कैलाली। सुदूरपश्चिम प्रदेश स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको प्रमुखमा डाक्टर निरज अर्याल नियुक्त भएका छन्।सामाजिक विकास मन्त्रालयका सचिव रघुराम विष्टले आज सेती प्रादेशिक अस्पतालमा कार्यरत रेडियोलोजिष्ट डाक्टर निरज अर्याललाई स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रको निमित्त प्रमुखको जिम्मेवारी दिइएको जानकारी दिएका हुन्।

">