कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ।
प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।
प्रयोगशालाका इन्चार्ज रमेश शाहीले प्रयोगशालाका लागि बुधबार बिहान काठमाडौँबाट किट बोकेर गाडी हिँडिसकेको बताएका छन्।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका सूचना अधिकारी नरेन्द्र कार्कीले पनि संघीय स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले दिएको पिसिआर किट धनगढी आउँदै गरेको बताएका छन्। उनले किटको परिमाणको बारेमा भने थाहा नभएको प्रतिक्रिया दिए।
प्रदेशमा किट अभावको कारण सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २५ सयभन्दा बढी नमूना थन्किएको बताइएको छ।
" /> कैलाली। सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा आकस्मिक बाहेकका कोरोनाको नमूना परीक्षण बन्द गरिएको छ।प्रयोगशालाका लागि आवश्यक पर्ने पिसिआर किट अभाव भएको भन्दै नमूनाको परीक्षण गर्न नसकिएको प्रयोगशालाले जनाएको छ।

">