काठमाडौं। कोरोनासँग सम्बन्धित जोखिमपूर्ण कार्यमा खटिने र गरिब तथा असहायका लागि कोरोनाको उपचार निश्शुल्क गरिने भएको छ। तर, निश्शुल्क उपचारको सूचीमा परेकाहरूले बीमा गरेको भएमा भने परीक्षण तथा उपचार खर्च उसको बीमाबापत प्राप्त हुने रकमबाट ब्यहोरिने छ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले निश्शुल्क परीक्षण र उपचार गरिने लक्षित वर्गबारे जानकारी दिए। गौतमका अनुसार आर्थिकरुपले विपन्न, अशक्त असहाय नागरिक, असहाय एकल महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी लगायत जोखिमपूर्ण कार्यमा खटिने अन्यको कोरोना परीक्षण र उपचार निश्शुल्क गरिने छ।
मन्त्रिपरिषद्को असोज १९ को निर्णयमा आधारित भएर यस्तो व्यवस्था गरिएको पनि गौतमले जानकारी दिए।
" /> काठमाडौं। कोरोनासँग सम्बन्धित जोखिमपूर्ण कार्यमा खटिने र गरिब तथा असहायका लागि कोरोनाको उपचार निश्शुल्क गरिने भएको छ। तर, निश्शुल्क उपचारको सूचीमा परेकाहरूले बीमा गरेको भएमा भने परीक्षण तथा उपचार खर्च उसको बीमाबापत प्राप्त हुने रकमबाट ब्यहोरिने छ।स्वास्थ्य मन्त्रालयको नियमित प्रेस व्रिफिङमा प्रवक्ता डा जागेश्वर गौतमले निश्शुल्क परीक्षण र उपचार गरिने लक्षित वर्गबारे जानकारी दिए। गौतमका अनुसार आर्थिकरुपले विपन्न, अशक्त असहाय नागरिक, असहाय एकल महिला, सुरक्षाकर्मी, स्वास्थ्यकर्मी, सफाइ कर्मचारी लगायत जोखिमपूर्ण कार्यमा खटिने अन्यको कोरोना परीक्षण र उपचार निश्शुल्क गरिने छ।
मन्त्रिपरिषद्को असोज १९ को निर्णयमा आधारित भएर यस्तो व्यवस्था गरिएको पनि गौतमले जानकारी दिए।
">