काठमाडौं उपत्यकामा १,४०३ जनामा कोरोना सङ्क्रमण
<p>काठमाडौं। काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ४०३ जना कोरोना सङ्क्रमित थपिएका छन्।</p>
<p>नियमित प्रेस व्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता प्रा डा जागेश्वर गौतमले जनाएअनुसार काठमाडौंमा ९९६ जनामा, ललितपुरमा ३०५ जनामा र भक्तपुरमा १०२ जनामा कोरोना सङ्क्रमण देखिएको हो।</p>
<p>स्वास्थ्य मन्त्रालयको पछिल्लो अपडेटअनुसार काठमाडौंमा ३७ हजार ३४०, ललितपुरमा ५ हजार १४२ र भक्तपुरमा ३ हजार ७१२ कोरोना सङ्क्रमित पुगेका छन्। </p>
प्रतिक्रिया दिनुहोस्
