परासी। नगर प्रमुखलाई कोरोना संक्रमण देखिएपछि नवलपरासी (बर्दघाट सुस्तापश्चिम) स्थित बर्दघाट नगरपालिकामा सेवा बन्द गरिएको छ ।
सोमबार स्वाब परीक्षण गर्दा नगर प्रमुख धीरज शर्मा बस्याललाई कोरोना पुष्टि भएपछि नगरपालिकाको अत्यावश्यकबाहेकका सेवा तत्कालका लागि बन्द गरिएको हो।
नगर प्रमुखसँग प्रत्यक्ष सम्पर्कमा रहेका कर्मचारी तथा जनप्रतिनिधिको पीसीआर परीक्षण गर्नुपर्ने भएकाले परीक्षण नतिजा नआउँदासम्म नगरपालिकाका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले बताए।
४ नम्बर वडा कार्यालयबाहेक अन्य वडा कार्यालयको कामकाज, स्वास्थ्य सेवालगायत भने यथावतै रहने नगरपालिकाले जनाएको छ।
नगरपालिका क्षेत्रमा सञ्चालनमा आएका विद्यालय पनि तत्काल बन्द गर्न निर्देशन दिइएको छ। रासस