चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द
<p>स्याङ्जा। चापाकोट नगरपालिकामा अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरिएको छ।</p>
<p>कोरोना भइरसबाट मंगलबार एकै दिन १४ जनामा सङ्क्रमण देखिएपछि नगरपालिकाले कोरोना सङ्क्रमण समुदायमा थप फैलिनबाट रोक्न अत्यावश्यकबाहेकका सबै सेवा बन्द गरेर सर्वसाधारण जनतालाई सचेत रहन आग्रह गरेको छ।</p>
<p>नगरपालिकाका प्रमुख शिवकुमार गिरीले प्रेस विज्ञिप्तमार्फत् सर्वसाधारणलाई सचेत रहन आग्रह गरेका छन्। </p>
<p>खाद्यान्न र औषधि पसलबाहेकका बजार क्षेत्रका सबै पसलका साथै वडा कार्यालयमा समेत सेवा बन्द गरिएको नगरपालिकाले जनाएको छ। <em>रासस</em></p>
प्रतिक्रिया दिनुहोस्
