अमेरिकामा कोरोनाका कुल संक्रमित ८० लाख ९० हजार नजिक
<p style="text-align: justify;">काठमाडौं। अमेरिकामा कोरोनाबाट संक्रमित हुने कुल संख्या ८० लाख ८९ हजार ९२९ पुगेको छ। </p>
<p style="text-align: justify;">पछिल्लो २४ घण्टामा अमेरिकामा थप ५१ हजार ३५३ जना संक्रमित भएका छन्। यो अवधिमा त्यहाँ ८०९ जनाको मृत्यु भएको छ। </p>
<p style="text-align: justify;">अमेरिकामा कोभिड-१९ बाट हालसम्म दुई लाख २० हजार ८२७ जनाको ज्यान गएको छ। </p>
<p style="text-align: justify;">५२ लाख २२ हजार ८० जना संक्रमणमुक्त भएका छन्। त्यहाँ सक्रिय संक्रमित २६ लाख ४७ हजार २२ जना पुगेका छन्। १५ हजार ११ जना गम्भीर बिरामी छन्। </p>