सप्तरी। सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ।
स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका-३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ।
अर्बुदरोगग्रस्त वडा सदस्यको चितवनस्थित भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जनाइएको छ। उपचारका क्रममा कोरोना टेष्ट गर्दा उनमा कोरोना पोजेटिभ आएको थियो। यससँगै सप्तरीमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २१ पुगेको छ।
यहाँ आज एक नेपाली सैनिकसहित थप १० जनामा कोरोना पुष्टि भएको छ।
यससँगै जिल्लामा संक्रमितको संख्या एक हजार ४५३ पुगेको छ। तीमध्ये एक हजार १२९ घर फर्केका छन्। रासस
" /> सप्तरी। सप्तरीका कोरोना संक्रमित एक जनप्रतिनिधिको आज मृत्यु भएको छ।स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियाँलाल यादवका अनुसार तिरहुत गाउँपालिका-३ का कोरोना संक्रमित ४६ वर्षीय वडा सदस्यको मृत्यु भएको छ।

">