काठमाडौं। कोरोनाभाइरसको अब ‘एन्टिजेन’मार्फत् पनि परीक्षण गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का लागि यस विधिमार्फत् परीक्षण गरिने जनाएको हो। त्यसका लागि १,००० रूपैयाँ शुल्क तोकिएको छ। पीसीआर परीक्षणजस्तै कोरोनाभाइरसको एन्टिजेन परीक्षणका लागि तयारी सरकारले थालेको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरिने बताएका हुन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने उनको भनाइ छ।
एन्टिजेनमार्फत् नेपालमा पहिलोपटक यसरी कोभिड-१९ परीक्षण गरिन लागेको हो। निकै छिटो समयमा यसले परीक्षणको नतिजा दिने भएकाले यो विधिमार्फत् परीक्षण गरिने राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. रुना झाले जानकारी दिइन्।
के हो एन्टिजेन?
एन्टिजेन टेष्ट कोरोना भाइरस पत्ता लगाउने विधि हो। पीसीआरले जीन पत्ता लगाउँछ भने यसले भाइरसमा भएको प्रोटिन पत्ता लगाउँछ। यो कोरोनाभाइरस नै पत्ता लगाउन बनाइएको परीक्षण विधि भएको संक्रामक रोग विशेषज्ञ डा. शेरबहादुर पुनले जानकारी दिए।
“यसले आरएनए, डिएनए पत्ता लगाउँदैन। यसले भाइरस नै पत्ता लगाउँछ। तर, यसको प्रभावकारीता भने पीसीआरभन्दा कम छ। पीसीआरलाई त गोल्ड स्ट्यान्डर्ड नै भनिन्छ,” डा. पुनले भने, “तर एन्टिजेन विभिन्न कारणले परीक्षण गर्न सजिलो छ।”
छिटो र छरितो नतिजा आउने भएकाले सरकारले यो विधिमार्फत् परीक्षण गर्न लागेको जनस्वास्थ्य प्रयोगशालाकी निर्देशक डा. झाले बताइन्। “यसबाट १५ मिनेटमा नतिजा आउँछ र निर्माण कम्पनीअनुसार कहिलेकाहीँ ५-१० मिनेट तलमाथि हुनसक्छ,” निर्देशक झाले भनिन्।
कसरी हुन्छ परीक्षण?
नेपालमा कोरोनाभाइरसको सङ्क्रमण फैलिएसँगै सरकारले आरडीटी परीक्षण थालेको थियो, जसले आधा घण्टामै नतिजा आउँथ्यो। त्यसका लागि रगत निकालेर किटमा हालेर नतिजा हेरिन्थ्यो। विश्वसनीय नभएको भन्दै पछि यो बन्द गरियो। आरडीटीले शरीरभित्र भएको एन्टिबडी तयार भए/नभएको पत्ता लगाउने विधि हो। तर, एन्टिजेनले भने शरीरमा भएको कोरोनाभाइरस नै पत्ता लगाउने डा. पुनको भनाइ छ।
एन्टिजेन पनि स्वाब सङ्कलन गरेर किटमा १५ मिनेट जति राखिन्छ। त्यसबाट कोभिड-१९ को नतिजा आउने डा. पुन बताउँछन्, “यो पीसीआर परीक्षणजत्ति लामो समय कुर्नुपर्दैन।” उनी थप्छन्, “पीसीआर परीक्षण ल्याबका लागि अत्याधुनिक प्रयोगशालासमेत निर्माण गर्नुपर्छ। तर, यसलाई भने जता पनि बोकेर हिँड्न सकिन्छ। त्यही परीक्षण गर्न सकिन्छ र नतिजा १५ मिनेटमै आउँछ।”
नतिजमा भने पीसीआरभन्दा बढी विश्वास गर्न नसकिने डा. पुनको भनाइ छ। “पीसीआरबाट ७० प्रतिशत भरपर्दो नतिजा दिन्छ। तर, यसमा भने ५० प्रतिशत मात्र शुद्ध नतिजा दिने मान्न सकिन्छ,” डा. पुनले भने।
केही अवस्थामा भने यसले गलत नतिजा पनि दिनसक्ने उनी बताउँछन्। त्यस्तो अवस्थामा फेरी पीसीआर नै गर्नुपर्ने डा. पुनले बताए। “जस्तो कि कुनै मानिस कोरोना प्रभावित क्षेत्रबाट आएको छ। यसलाई सामान्य रुघाखोकी, ज्वरो आएको छ तर यस विधिले नतिजा नेगेटिभ देखायो भने त्योबेला पीसीआरकै सहायता लिनुपर्छ,” डा. पुनले भने।
भारतमा धेरै पहिलादेखि यो विधिमार्फत् परीक्षण भइरहेको छ। यस्तो अवस्थामा अरू देशमा राम्रो काम गरेको छ भनेर हामीले पनि त्यहीअनुसार परीक्षण गर्न खोज्दा राम्रो नतिजा नआउन पनि सक्ने उनी बताउँछन्। त्यसका लागि केही नमुना एन्टिजेनबाट परीक्षण गर्ने र पीसीआरमार्फत् पनि परीक्षण गराउँदा नेपालमा प्रभावकारिताबारे जानकारी लिन सजिलो हुने उनले बताए।
" /> काठमाडौं। कोरोनाभाइरसको अब ‘एन्टिजेन’मार्फत् पनि परीक्षण गरिनेछ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड-१९ का लागि यस विधिमार्फत् परीक्षण गरिने जनाएको हो। त्यसका लागि १,००० रूपैयाँ शुल्क तोकिएको छ। पीसीआर परीक्षणजस्तै कोरोनाभाइरसको एन्टिजेन परीक्षणका लागि तयारी सरकारले थालेको हो।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले एन्टिजेन परीक्षण गरिने बताएका हुन्। टेकुस्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट अनुमति लिएका प्रयोगशालाहरूले मात्र एन्टिजेन परीक्षण गर्न पाउने उनको भनाइ छ।

">