पाेखरामा कोरोना सङ्क्रमित पुरुषको मृत्यु
<p>गण्डकी। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड-१९ उपचार केन्द्रमा आज ५६ वर्षीय पुरुषको मृत्यु भएको छ।</p>
<p>यही असोज १८ गते कोरोना सङ्क्रमण भई कोभिड-१९ उपचार केन्द्रको सघन उपचार कक्षमा भर्ना भई उपचाररत लमजुङ, बेंसीसहर नगरपालिका-२ निवासी पुरुषको उपचारका क्रममा मृत्यु भएको अस्पतालका निर्देशक सहप्रा डा. अर्जुन आचार्यले जानकारी दिए।</p>
<p>प्रतिष्ठानमा उपचारका क्रममा कोरोनाबाट मृत्यु हुने निज बाह्रौँ सङ्क्रमित रहेको अस्पतालले जनाएको छ। <em>रसस </em></p>
प्रतिक्रिया दिनुहोस्
