काठमाडौँ। नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियानको एक वर्ष पूरा भएको अवसरमा नेपालमै पहिलोपटक ‘अनलाइन नेपाली रैथाने पाककला प्रतियोगिता’ हुने भएको छ। प्रतियोगितालाई ‘खाने कथा’ नाम दिइएको छ।
आयोजक तथा नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियान्ता सेफ प्रेमलाल घिसिङ तामाङले हरेक वर्ष यही अवसरमा प्रतियोगिता आयोजना गरिने बताए।
समाजको परिवर्तनसँगै लोप हुन लागेको नेपाली रैथाने खानाको संरक्षण, प्रचारप्रसार र प्रवद्र्धन गर्नका लागि प्रतियोगिता उपलब्धिमूलक हुने काठमाडौँमा मङ्गलबार आयोजित पत्रकार सम्मेलनमा सेफ तामाङले विश्वास गरे।
प्रतियोगीहरूले मुलुकको विभिन्न भौगोलिक क्षेत्रमा पाइने रैथाने खानपान र विभिन्न जातीय समुदायले खाने नेपाली रैथाने मौलिक खानपानबारे जान्ने बुझ्नेलाई सोधपुछ गरी कुनै एउटा खानाको परिकार प्रतियोगितामा समावेश गर्न पाउनेछन्। उक्त खानाको संस्कार तथा सांस्कृतिक पक्षसँगै धार्मिक, सामाजिक, आर्थिक, प्राकृतिक र स्वास्थ्यको दृष्टिले महत्त्वका पक्षलाई लेखेर वा बोलेर प्रतियोगीहरूले भिडियो बनाएर पठाउनुपर्ने तामाङले बताए।
“खानामा सरसफाइ र खानाको संस्कार पनि उल्लेख गर्नुपर्नेछ, यसरी बनाएर पठाएको भिडियो ‘रैथाने युट्युब च्यानल’ बाट ‘खाने कथा’ मा आगामी मंसिर १ गतेदेखि प्रसारण गरिनेछ,” उनले भने, “प्रतियोगिताले नेपाली खानपान बाँचिरहने र देश÷विदेशमा रहेका नेपाली नयाँ पुस्ताले युट्युब हेरेर सजिलै नेपाली खानपान पकाउन जान्ने विश्वास लिएको छु।”
प्रतियोगीले खाना पकाउँदा प्रयोग गरिने सामाग्रीको नाम रैथाने भाषामा उल्लेख गर्दै पकाउने विधि पनि जानकारी गराउनुपर्नेछ। प्रतियोगितामा जो कोहीले ७ मिनेटसम्मको भिडियो बनाई सहभागी हुन पाउनेछन्। मोबाइलबाटसमेत भिडियो खिच्न पाइने र कार्तिक २ गतेदेखि ३० गतेभित्र भिडियो रैथानेचुल्हो एट जिमेल डट कममा पठाउनुपर्ने जनाइएको छ।
ग्लोबल नेप्लिज सेफ फेडेरेसनका अध्यक्ष सेफ लक्ष्मणप्रसाद भण्डारीले खानाको सांस्कृतिक पक्षलाई बिर्सिरहेको अवस्थामा ‘खाने कथा’ प्रतियोगिताले रैथाने खानाको प्रवद्र्धन हुने बताए। “हाम्रो खानाको आफ्नै संस्कृति छ, जुन हामीले बिर्सिसकेका छौँ,” उनले भने, “यो प्रतियोगिताले रैथाने खानाको सांस्कृतिक पक्षलाई पुनर्जीवित तुल्याउने ठानेका छौं।”
यससँगै, प्रतियोगीले भिडियोको साथमा आफ्नो परिचय खुल्ने परिचयपत्र, पूरा नामथर, स्थायी÷अस्थायी ठेगाना, सम्पर्क नम्बर लिखित रूपमा पठाउनुपर्नेछ। प्रतियोगिताको विजेता भने पुस १ गते घोषणा गरिनेछ।
निर्णायक मण्डलमा राष्ट्रिय गीतका रचनाकार प्रदीपकुमार राई ‘व्याकुल माइला’, विश्व साइकल यात्री पुष्कर शाह र भाषाविद् अमृत योञ्जन रहेका छन्। निर्णायक मण्डलले दिने ५० प्रतिशत अङ्कमध्ये रैथाने भाषा प्रयोगको आधारमा १० प्रतिशत अङ्क दिइने बताइएको छ।
प्रतियोगिताको विजेता अर्थात् प्रथम हुनेले २५ हजार रूपैयाँ नगदसहित ‘ग्लोबल नेप्लिज सेफ फेडेरेसन’को सक्रिय सदस्यता प्राप्त गर्नेछन्। दोस्रो र तेस्रो हुनेले क्रमशः नगद १५ हजार र १० हजार रूपैयाँसहित ग्लोबल नेप्लिज सेफ फेडेरेशनको सक्रिय सदस्यता प्राप्त गर्ने सेफ घिसिङले बताएका छन्। प्रतियोगिता रैथाने चुल्हो, ग्वोबल नेप्लिज सेफ फेडेरेसन र ग्यास्ट्रोनोमी एसोसिएसन नेपालको संयुक्त आयोजनामा हुन लागेको हो ।
" /> काठमाडौँ। नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियानको एक वर्ष पूरा भएको अवसरमा नेपालमै पहिलोपटक ‘अनलाइन नेपाली रैथाने पाककला प्रतियोगिता’ हुने भएको छ। प्रतियोगितालाई ‘खाने कथा’ नाम दिइएको छ।आयोजक तथा नेपाली रैथाने खानपान खोज तथा अनुसन्धान अभियान्ता सेफ प्रेमलाल घिसिङ तामाङले हरेक वर्ष यही अवसरमा प्रतियोगिता आयोजना गरिने बताए।

">