लहान। एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको सेवा बन्द गरिएको छ ।
अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नगरेसम्म बन्द गरिएको जनाएको छ।
अस्पतालको आकस्मिक सेवा निर्मलीकरण गरेर सेवा सञ्चालन गरिने सूचनामा उल्लेख छ। अस्पतालका अन्य केही कर्मचारीमा समेत कोरोनाको लक्षण देखिएकाले परीक्षणको नतिजा नआएसम्म सेवा बन्द रहने अस्पतालका प्रमुख सुनिलप्रसाद कुशवाहाले बताए।
" /> लहान। एक चिकित्सकमा कोरोना संक्रमण पुष्टि भएपछि सिरहाको लहानस्थित रामकुमार उमाप्रसाद स्मारक अस्पतालको सेवा बन्द गरिएको छ ।अस्पताल प्रशासनले सूचना प्रकाशित गरी आकस्मिक सेवा १२ घण्टाका लागि र आकस्मिकबाहेकका सबै सेवा अर्को सूचना नगरेसम्म बन्द गरिएको जनाएको छ।

">