काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनम ग्याब्रियससले कोरोविरुद्धको भ्याक्सिन कहिले आउला भनी कुरेर बस्नु एकप्रकारको बेइमानी भएको बताएका छन्।

उनले संक्रमण प्रसारित हुनबाट जोगिन अपनाउनु पर्ने मौजुदा यावत् उपाय भरपूर अवलम्बन गर्न आग्रहसमेत गरेका छन्।हिजो उनले पूर्वी भूमध्य क्षेत्रीय समितिलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले भने, ‘‘कोरोना संक्रमण बढिरहेको छ, यस्तो अवस्थामा सबै देशले सतर्कता अपनाउनु पर्छ। कतिपय क्षेत्रमा यो फैलिरहेको छ र मानिसहरू यसको चपेटामा पर्ने आशंका छ। यस्तो परिस्थितिमा केवल भ्याक्सिनको प्रतीक्षा गर्नु बेकार हुन्छ।’’

मौजुदा स्वास्थ्य व्यवस्थाको अधिकतम प्रयोग गर्नु र जीवन बचाउनु बुद्धिमानी हुने उनको भनाइ छ। यसका निम्ति ठूल्ठूला कार्यक्रममा प्रतिबन्ध लगाउनु पर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘‘संक्रमण वृद्धि हुनुको मुख्य कारण सभासमारोह वा भीडभाड हो। स्टेडियम, नाइटक्लब, धार्मिक स्थलजस्ता क्षेत्रबाट संक्रमण विस्तार भइरहेको छ। अर्को कुरा, जसलाई संक्रमणका कारण बढी खतरा छ, उसको रक्षा गर्नु पर्छ। यसले स्वास्थ्य प्रणालीमा कम बोझ पर्न जान्छ र मानिसहरु बाँच्न पाउँछन्।’’

कोरोनाविरुद्धको लडाइँमा तेस्रो र सबैभन्दा महत्वपूर्ण हतियार भनेको व्यक्ति तथा समुदायलाई संक्रमणका बारेमा जागरुक बनाउनु र आवश्यक व्यवहारको पालना गर्नु रहेको ग्याब्रियसस बताउँछन्। चौथो, जनस्वास्थ्य क्षेत्रमा काम गर्नु अर्थात् कोरोना संक्रमितको पहिचान गरेर तिनलाई आइसोलेसनमा राख्नु, आवश्यक परीक्षण गर्नु र तिनका सम्पर्कमा आएका व्यक्ति पत्ता लगाएर तिनलाई क्वारेन्टाइनमा राख्नु जरुरी रहेको उनले बताए।

उनी भन्छन्, ‘‘यो महामारीको त अन्त्य हुन्छ नै, तर यही नै अन्तिम महामारी होइन। हामीले हाम्रा सन्तानलाई महामारीसँग लड्न सक्षम बनाउनु हाम्रो जिम्मेवारी हो। यो केवल वैज्ञानिक तथा प्रौद्योगिकी सम्बन्धी चुनौती होइन, यो त हाम्रो चरित्रको पनि परीक्षा हो। यो महामारी अन्त्य गर्नका लागि, यसलाई पराजित गर्नका लागि एकता र सुदृढता जरुरी छ। एकजुट भएर यो लडाइँमा अघि बढियो भने संक्रमण फैलनबाट रोक्न सकिन्छ।’’

(एजेन्सी)

" /> काठमाडौं। विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का महानिर्देशक टेड्रोस एधनम ग्याब्रियससले कोरोविरुद्धको भ्याक्सिन कहिले आउला भनी कुरेर बस्नु एकप्रकारको बेइमानी भएको बताएका छन्।

उनले संक्रमण प्रसारित हुनबाट जोगिन अपनाउनु पर्ने मौजुदा यावत् उपाय भरपूर अवलम्बन गर्न आग्रहसमेत गरेका छन्।हिजो उनले पूर्वी भूमध्य क्षेत्रीय समितिलाई सम्बोधन गर्ने क्रममा यस्तो बताएका हुन्।

उनले भने, ‘‘कोरोना संक्रमण बढिरहेको छ, यस्तो अवस्थामा सबै देशले सतर्कता अपनाउनु पर्छ। कतिपय क्षेत्रमा यो फैलिरहेको छ र मानिसहरू यसको चपेटामा पर्ने आशंका छ। यस्तो परिस्थितिमा केवल भ्याक्सिनको प्रतीक्षा गर्नु बेकार हुन्छ।’’

मौजुदा स्वास्थ्य व्यवस्थाको अधिकतम प्रयोग गर्नु र जीवन बचाउनु बुद्धिमानी हुने उनको भनाइ छ। यसका निम्ति ठूल्ठूला कार्यक्रममा प्रतिबन्ध लगाउनु पर्ने उनी बताउँछन्।

उनी भन्छन्, ‘‘संक्रमण वृद्धि हुनुको मुख्य कारण सभासमारोह वा भीडभाड हो। स्टेडियम, नाइटक्लब, धार्मिक स्थलजस्ता क्षेत्रबाट संक्रमण विस्तार भइरहेको छ। अर्को कुरा, जसलाई संक्रमणका कारण बढी खतरा छ, उसको रक्षा गर्नु पर्छ। यसले स्वास्थ्य प्रणालीमा कम बोझ पर्न जान्छ र मानिसहरु बाँच्न पाउँछन्।’’

कोरोनाविरुद्धको लडाइँमा तेस्रो र सबैभन्दा महत्वपूर्ण हतियार भनेको व्यक्ति तथा समुदायलाई संक्रमणका बारेमा जागरुक बनाउनु र आवश्यक व्यवहारको पालना गर्नु रहेको ग्याब्रियसस बताउँछन्। चौथो, जनस्वास्थ्य क्षेत्रमा काम गर्नु अर्थात् कोरोना संक्रमितको पहिचान गरेर तिनलाई आइसोलेसनमा राख्नु, आवश्यक परीक्षण गर्नु र तिनका सम्पर्कमा आएका व्यक्ति पत्ता लगाएर तिनलाई क्वारेन्टाइनमा राख्नु जरुरी रहेको उनले बताए।

उनी भन्छन्, ‘‘यो महामारीको त अन्त्य हुन्छ नै, तर यही नै अन्तिम महामारी होइन। हामीले हाम्रा सन्तानलाई महामारीसँग लड्न सक्षम बनाउनु हाम्रो जिम्मेवारी हो। यो केवल वैज्ञानिक तथा प्रौद्योगिकी सम्बन्धी चुनौती होइन, यो त हाम्रो चरित्रको पनि परीक्षा हो। यो महामारी अन्त्य गर्नका लागि, यसलाई पराजित गर्नका लागि एकता र सुदृढता जरुरी छ। एकजुट भएर यो लडाइँमा अघि बढियो भने संक्रमण फैलनबाट रोक्न सकिन्छ।’’

(एजेन्सी)

"> भ्याक्सिन कुरेर बस्‍नु बेइमानी : ग्याब्रियसस: Dekhapadhi
भ्याक्सिन कुरेर बस्‍नु बेइमानी : ग्याब्रियसस

प्रतिक्रिया दिनुहोस्