विश्वमा कोभिड-१९: मृत्यु हुनेको संख्या १० लाख ८५ हजार नाघ्यो
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ८० लाख २८ हजार ९८५ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ७२ हजार ५५० संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८५ हजार ९२ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप तीन हजार ६९७ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८५ लाख ८७ हजार ७२७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८३ लाख ५६ हजार १६६ छ। त्यसमध्ये ६९ हजार १११ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ८० लाख ३७ हजार ७४७ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७१ लाख ७३ हजार ३४५ पुगेको छ भने ब्राजिलमा ५१ लाख तीन हजार ४०८ छ।

प्रतिक्रिया दिनुहोस्