काठमाडौं। काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपमा रूपान्तरण गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको हो।
हालको अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।
अहिले आकस्मिकबाहेकका अपरेशन नगर्दा सङ्क्रमित बिरामीलाई आइसियु बेड र भेन्टिलेटर बेड उपलब्ध हुने गरी व्यवस्थापन गर्न सकिने उनको भनाइ छ। कोभिड अस्पतालका रूपमा सेवा दिने सरकारी अस्पतालमा स्वास्थ्य सेवा विभागले आइसियु, भेन्टिलेटर र अक्सिजनलगायतका सामग्रीको व्यवस्थापन गर्न निर्देशन दिएको उनको भनाइ छ।
कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि काठमाडौंमा जोखिम बढ्दै गएको छ। यससँग उपत्यकामा आइसोलेसन बेडको समेत अभाव हुन थालेको छ। मन्त्रालयले अहिलेकै हिसाबमा सङ्क्रमित सङ्ख्या बढिरहे काठमाडौं उपत्यकाको अस्पतालले उपचार गर्न नसक्ने जनाउँदै आएको छ।
" /> काठमाडौं। काठमाडौं उपत्यकाका सम्पूर्ण सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपमा रूपान्तरण गरिने भएको छ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले उपत्यकाका सबै सरकारी अस्पताललाई कोभिड अस्पतालमा रूपान्तरण गर्ने निर्णय गरेको हो।हालको अवस्थामा आकस्मिकबाहेकका अपरेशन नगर्न निर्देशन दिँदै सरकारले सबै सरकारी अस्पताललाई कोभिड अस्पतालका रूपमा रूपान्तरण गर्ने निर्णय गरिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन्।

">