काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या बढेर १० पुगेको छ भने मात्र मनाङमा सङ्क्रमण शून्य रहको छ।
यसअघि मुस्ताङमा पनि शून्य सङ्क्रमण रहेकोमा आज १ जना पुरुषमा सङ्क्रमण देखिएको हो।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सोमबारको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार काठमाडौँ उपत्यकाका तीनवटै जिल्लामा प्रत्येकमा ५०० भन्दा बढी सङ्क्रमण भएको जनाइएको छ।
कोभिड–१९ सङ्क्रमण ५०० भन्दा बढीमा देखिने अन्य जिल्लामा प्रदेश १ बाट मोरङ र सुनसरी, बागमती प्रदेशबाट काठमाडौँ उपत्यकाका तीनै जिल्लालगायत चितवन र मकवानपुर, लुम्बिनी प्रदेशबाट बाँके र रुपन्देही तथा कर्णाली प्रदेशबाट सुर्खेत रहेका छन्।
" /> काठमाडौँ। कोभिड–१९ बाट सङ्क्रमितहरूको सङ्ख्या ५०० भन्दा बढी रहेको नेपालको जिल्लाको सङ्ख्या बढेर १० पुगेको छ भने मात्र मनाङमा सङ्क्रमण शून्य रहको छ।यसअघि मुस्ताङमा पनि शून्य सङ्क्रमण रहेकोमा आज १ जना पुरुषमा सङ्क्रमण देखिएको हो।

">