कोभिड-१९ बाट विराटनगरमा थप एकको मृत्यु

विराटनगर। नोबेल शिक्षण अस्पताल विराटनगरमा उपचाररत एक कोरोना संक्रमितको आज बिहान मृत्यु भएको छ।

सुनसरीको बराहक्षेत्र नगरपालिका-५ का ३७ वर्षीय पुरुषको उपचारको क्रममा मृत्यु भएको अस्पताल प्रशासनका नारायण दाहालले बतााए।

स्वास्थ्यमा समस्या भएपछि उनलाई उपचारका लागि हिजो अस्पताल ल्याइएको थियो।

ती पुरुषले केही वर्षदेखि नियमित डायलासिस गराउँदै आएका थिए।

प्रदेश १ मा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १०३ पुगेको छ।