काठमाडौं। कोरोना महामारी रोकिने छाँट देखिएको छैन। तर, त्यसविरुद्ध भ्याक्सिन निर्माण भने युद्धस्तरमा भइरहेको छ। बेलायतले आगामी महीनाअर्थात् नोभेम्बरदेखि ठूलो परिमाणमा जनतालाई भ्याक्सिन लगाउने तयारी थालेको छ।
त्यहाँको नेसनल हेल्थ सिस्टम (एनएचएस) ले क्रिसमसम्म देशको पाँच स्थानमा भ्याक्सिन लगाउने सुविधा दिने भएको हो। एनएचएसले आफ्ना हजारौं कर्मचारी यी क्षेत्रमा खटाउने भएको छ। प्रत्येक दिन कम्तीमा १० हजार जनालाई भ्याक्सिन लगाउने तयारी छ।
बेलायती अखबार ‘दि सन’ का अनुसार कोरोना भाइरसबाट सबैभन्दा बढी खतराको सामना गरिरहेका मानिसलाई पहिलो प्राथमिकता दिइने छ। भ्याक्सिन लगाउनका लागि लिड्स, हल तथा लन्डनमा केन्द्र बनाइने छ।
यी केन्द्रहरुमा नर्स तथा प्यारामेडिक्सलाई खटाइने छ। साथै, मोबाइल युनिटलाई पनि तयारी अवस्थामा राखिने र अत्यावश्यक परेका मानिस तथा केयर होम्ससम्म जाने बताइएको छ।
एक महीनाभित्र खोपको परीक्षण नतिजा आउने विश्वास गरिएको छ। क्रिसमसअघि नै खोप लगाउने सम्भावना रहेको सूत्रले बताएको छ।
परीक्षणबाट जति छिटो सफल नतिजा आयो, त्यति नै चाँडो भ्याक्सिन लगाइने छ। कोरोना भ्याक्सिन लगाउने क्रममा सेना परिचालनसमेत गरिने बेलायत सरकारले बताएको छ।
बेलायती स्वास्थ्यमन्त्रीका अनुसार एनएचएस तथा सेना मिलेर खोप लगाउन सहज हुने छ। भ्याक्सिन आशाका किरण भएको उनले बताए। बेलायतमा भ्याक्सिन निर्माणको दौडमा अक्सफोर्ड युनिभर्सिटी सबैभन्दा अघि छ। अक्सफोर्डले अप्रिलदेखि नै भ्याक्सिन परीक्षण गर्दै आएको छ। नियामक निकायले क्रिसमसअघि नै भ्याक्सिनलाई स्वीकृति दिने विश्वास गरिएको छ।
बेलायत सरकारले भ्याक्सिनले नियामक निकायबाट स्वीकृति पाउनुअघि नै १० करोड डोजको अर्डर दिइसकेको छ। अक्सफोर्डको भ्याक्सिन दुई डोज लगाउनु पर्ने छ।
शुरूमा स्वास्थ्यकर्मी तथा यससँग जोडिएका कर्मचारीलाई भ्याक्सिन उपलब्ध गराइने छ। त्यसपछि केयर होममा रहेका ८० वर्षमाथिक नागरिकलाई दिइने छ। अनि पालो आउने छ, ६५ वर्ष उमेर नाघेका मानिस र सेनाको।
(एजेन्सी)
" /> काठमाडौं। कोरोना महामारी रोकिने छाँट देखिएको छैन। तर, त्यसविरुद्ध भ्याक्सिन निर्माण भने युद्धस्तरमा भइरहेको छ। बेलायतले आगामी महीनाअर्थात् नोभेम्बरदेखि ठूलो परिमाणमा जनतालाई भ्याक्सिन लगाउने तयारी थालेको छ।त्यहाँको नेसनल हेल्थ सिस्टम (एनएचएस) ले क्रिसमसम्म देशको पाँच स्थानमा भ्याक्सिन लगाउने सुविधा दिने भएको हो। एनएचएसले आफ्ना हजारौं कर्मचारी यी क्षेत्रमा खटाउने भएको छ। प्रत्येक दिन कम्तीमा १० हजार जनालाई भ्याक्सिन लगाउने तयारी छ।

">