काेभिड-१९ बाट चितवनमा बेवारिसे महिलाको मृत्यु
चितवन। भरतपुर अस्पतालमा कोरोना सङ्क्रमित  बेवारिसे महिलाको मृत्यु भएको छ।

मृत्यु हुनेमा ४० वर्षीया महिला रहेको अस्पतालका सूचना अधिकारी लिलाधर पौडेलले जानकारी दिए।

उनको  उपचारका क्रममा आइतबार साँझ  मृत्यु भएको हो।

असोज १५ गते ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या भएर अस्पताल भर्ना भएकी उनमा असोज १९ गते कोरोना पुष्टि भएको थियो।

स्वास्थ्य अवस्था जटिल हुँदै गएपछि १९ गते नै कोभिड सघन उपचार कक्षमा राखी उपचार गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्