भारतमा कोरोना संक्रमण दर घट्यो, २४ घण्टामा ६७ हजार ७५७ जना थपिए
काठमाडौं। छिमेकी देश भारतमा भारतमा पछिल्लो २४ घण्टामा ६७ हजार ७५७ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ८१३ जनाको मृत्यु भएको छ।

हिजो त्यहाँ ७४ हजार ५३५ जना संक्रमित थपिएका थिए। ९९१ जनाको मृत्यु भएको थियो।

वर्ल्डोमिटर्सको तथ्यांक अनुसार भारतमा कुल संक्रमित संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ। तीमध्ये हालसम्म एक लाख नौ हजार १८४ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।

हालसम्म भारतमा ६१ लाख ४६ हजार ४२७ जना संक्रमणमुक्त भएका छन्।

अहिले त्यहाँ आठ लाख ६३ हजार ६८९ सक्रिय संक्रमित छन्। तीमध्ये आठ हजार ९४४ जना गम्भीर छन्।

प्रतिक्रिया दिनुहोस्