विश्वमा कोभिड-१९: संक्रमितको संख्या तीन करोड ७७ लाख नाघ्यो

काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७७ लाख ३३ हजार ९ पुगेको छ।

पछिल्लो २४ घण्टामा दुई लाख ७४ हजार २१९ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ८१ हजार १४६ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप तीन हजार ७६८ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८३ लाख ३६ हजार ४८७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८३ लाख १५ हजार ३७६ छ। त्यसमध्ये ६८ हजार ८५६ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७९ लाख ९१ हजार ५६४ पुगेको छ।

भारतमा संक्रमितको संख्या ७१ लाख १९ हजार ३०० पुगेको छ भने ब्राजिलमा ५० लाख ९५ हजार ३०० छ।

प्रतिक्रिया दिनुहोस्