भक्तपुर। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै पुनः निषेधाज्ञा लागू गर्न सरकारसमक्ष माग गरिएको छ।

भक्तपुर नगरपालिकाको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले नेपाल सरकारसमक्ष यस्तो अनुरोध गर्ने निर्णय गरेको हो।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले दसैंको समयमा भीडभाड बढेर कोभिड-१९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई अति आवश्यक सेवाबाहेकका अन्य सेवाहरू बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।

बैठकमा नगरप्रमुख प्रजापतिले उपत्यकामा एकै दिन २६ सयभन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढाएको बताउँदै काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रूपमा विकास भइरहेको बताए।

दसैंको अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रा र जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग दसैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा छलफल गरिसकेको उनले जानकारी दिए। प्रजापतिले तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बली नदिइने र तलेजु भवानीको पूजालाई स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय नगरपालिकाले गरिसकेको बताए।

संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा-वडामा स्वयम्सेवक परिचालन गरी कोभिड-१९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गराइने उनको भनाइ छ।

बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गरिन्। दसैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारूकताका साथ अगाडि बढिरहेको उनले बताइन्।

बैठकले कोभिड-१९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बिजया दशमी २०७७ मा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरूमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरूबाट मिलाउने निर्णयसमेत गरेको छ।

बैठकमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल सप्रनि मुकुन्द चापागाइँ लगायतको उपस्थिति रहेको थियो।

" /> भक्तपुर। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै पुनः निषेधाज्ञा लागू गर्न सरकारसमक्ष माग गरिएको छ।

"> उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न माग: Dekhapadhi भक्तपुर नगरपालिकाको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले काठमाडौं उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न नेपाल सरकारसमक्ष अनुरोध गर्ने निर्णय गरेको हो।
• उपत्यकामा एकै दिन २६ सयभन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढाएको निष्कर्ष।
• निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त।

उपत्यकामा पुनः निषेधाज्ञा लागू गर्न माग
भक्तपुर। काठमाडौं उपत्यकामा कोरोना संक्रमणको दर उच्च बनेको भन्दै पुनः निषेधाज्ञा लागू गर्न सरकारसमक्ष माग गरिएको छ।

भक्तपुर नगरपालिकाको नगरपालिकास्तरीय प्रकोप व्यवस्थापन केन्द्रको बैठकले नेपाल सरकारसमक्ष यस्तो अनुरोध गर्ने निर्णय गरेको हो।

नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा बसेको बैठकले दसैंको समयमा भीडभाड बढेर कोभिड-१९ को संक्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै नेपाल सरकारलाई अति आवश्यक सेवाबाहेकका अन्य सेवाहरू बन्द हुने गरी पुनःनिषेधाज्ञा गर्न अनुरोध गर्ने निर्णय गरेको जनाएको छ।

बैठकमा नगरप्रमुख प्रजापतिले उपत्यकामा एकै दिन २६ सयभन्दा बढी संक्रमण पुष्टि हुनुले संक्रमणको खतरा झन् बढाएको बताउँदै काठमाडौं उपत्यका कोरोनाको केन्द्रको रूपमा विकास भइरहेको बताए।

दसैंको अवधिमा भक्तपुर दरबार क्षेत्रस्थित तलेजु परिसरमा हुने विभिन्न जात्रा र जात्रासँग सम्बन्धित सरोकारवालाहरूसँग दसैंलाई औपचारिकतामा सीमित गर्ने विषयमा छलफल गरिसकेको उनले जानकारी दिए। प्रजापतिले तलेजु मन्दिर परिसरभित्र हुने सबै प्रकारका पूजामा बली नदिइने र तलेजु भवानीको पूजालाई स्वास्थ्य सुरक्षा मापदण्ड तथा सामाजिक दूरी कायम गरी विधिपूर्वक सामान्य पुजामा मात्र सीमित गर्ने निर्णय नगरपालिकाले गरिसकेको बताए।

संक्रमणको जोखिमलाई ध्यानमा राखी नगरपालिकाले वडा-वडामा स्वयम्सेवक परिचालन गरी कोभिड-१९ बारे सर्वसाधारण जनतालाई निरन्तर सचेत गराइने उनको भनाइ छ।

बैठकमा भक्तपुरका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले निषेधाज्ञा खुकुलो बनाएसँगै उपत्यकामा कोरोनाको जोखिम निकै बढेकोमा चिन्ता व्यक्त गरिन्। दसैंमा भीडभाड रोक्न जिल्ला प्रशासन कार्यालय तदारूकताका साथ अगाडि बढिरहेको उनले बताइन्।

बैठकले कोभिड-१९ रोकथाम र नियन्त्रणको लागि नजिकिँदै गरेको बिजया दशमी २०७७ मा हुने सबै प्रकारका जात्रा र पूजाआजाहरूलाई औपचारिकतामा सीमित गरी भीडभाड हुन नदिन भक्तपुर नगरपालिकाबाट नगरबासीहरूमा आह्वान गर्ने र सोको लागि आवश्यक सुरक्षा व्यवस्था सुरक्षा निकायहरूबाट मिलाउने निर्णयसमेत गरेको छ।

बैठकमा भक्तपुर नगरपालिकाकी उपप्रमुख रजनी जोशी, प्रमुख प्रशासकीय अधिकृत रामलाल श्रेष्ठ, नेपाली सेना वीरदल गणका प्रमुख शिवप्रसाद पौडेल, महानगरीय प्रहरी परिसरका प्रहरी उपरीक्षक तारादेवी थापा, सशस्त्र प्रहरी बल सप्रनि मुकुन्द चापागाइँ लगायतको उपस्थिति रहेको थियो।

प्रतिक्रिया दिनुहोस्