सप्तरीमा कोरोना सङ्क्रमित महिलाको मृत्यु

सप्तरी। यहाँ आज थप एक कोरोना सङ्क्रमितको मृत्यु भएको छ।

कोरोना सङ्क्रमणबाट डाक्नेश्वरी नगरपालिका-७ ललितपुर पुर्ख्याैली घर भई हाल राजविराज नगरपालिका- ६ सिरहा रोडमा बसेकी ६७ वर्षीया महिलाको मृत्यु भएको राजविराज नगरपालिका-६ का वडाध्यक्ष प्रेम यादवले बताए।

पछिल्लो एक महिनादेखि ज्वरो लागेको उनको स्वाब परीक्षण गर्दा गत मङ्गलबार कोरोना सङ्क्रमण पुष्टि भएको थियो।

होम आइसोलेसनमा बस्दै आएकी उनलाई आज बिहान श्वासप्रश्वासमा समस्या देखिएपछि राजविराजस्थित छिन्नमस्ता अस्पताल भर्ना गरिएको थियो। याे समेत सप्तरीमा कोरोनाबाट तीन महिलासहित २१ जनाको मृत्यु भएको छ। रासस

प्रतिक्रिया दिनुहोस्