काठमाडौं। सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले काठमाडौं उपत्यकामा कोरोना संक्रमणको जोखिम उच्च बनेको भन्दै सतर्क हुन आमजनतासमक्ष अपिल गरेका छन्। उनले कोरोना भाइरसलाई सामान्य रोगको रूपमा लिने गल्ती नगर्न सचेत गराएका छन्।
‘‘१० लाख ५० हजारभन्दा बढीको ज्यान लिने रोग सामान्य हुँदै होइन,’’ गत असोज २२ गतेको मन्त्रिपरिषद् बैठकका निर्णयहरू सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘‘त्यसैले यसप्रतिको सतर्कतालाई रत्तिभर पनि कमी गर्नु हुँदैन।’’
काठमाडौं धेरै दृष्टान्त प्रस्तुत गर्ने राजधानी सहर भएको र विभिन्न आन्दोलनहरूमा नेतृत्वदायी भूमिका खेलिसकेको भए पनि महामारी नियन्त्रणको सन्दर्भमा पछाडि परेकोप्रति उनले चिन्ता व्यक्त गरे। देशभित्रैका उत्कृष्ट अभ्यासहरूलाई काठमाडौंले सिक्न जरूरी रहेको उनले बताए।
‘‘कुनै दिन बाँकेमा निकै भयावह अवस्था देखिन्थ्यो। कपिलवस्तु, वीरगञ्ज, उदयपुरजस्ता हटस्पट बनेका स्थानहरूमा त्यहाँका जनप्रतिनिधिहरू, जिल्ला क्राइसिस म्यानेजमेन्ट सेन्टरलगायतले त्यसलाई नियन्त्रणमा लिएका छन्। त्यहाँका असल अभ्यासहरूलाई काठमाडौंमा लागू गर्न जरूरी छ,’’ प्रवक्ता ज्ञवालीले भने।
चालिस लाखभन्दा बढी जनसंख्या भएको काठमाडौं उपत्यकामा कोरोना संक्रमण नियन्त्रणबाहिर गए निकै भयावह हुनेतर्फ उनले सचेत गराए। सरकारले कोरोना नियन्त्रणका लागि आफ्नो सामाथ्र्य बढाउँदै लगेको भए पनि संक्रमणको अनुपात उच्च हुँदा चुनौती थपिएको उनले बताए।
यस अवस्थालाई मध्यनजर राख्दै सरकारले क्रिटिकल केयर युनिट, भेन्टिलेटरलगायतको थप प्रबन्ध गरिरहेको प्रवक्ता ज्ञवालीले जानकारी दिए।
तर संक्रमणको शृंखला रोक्न नागरिकको सचेतना जरूरी रहेको उनको भनाइ छ। त्यसैले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र विश्व स्वास्थ्य संगठनले भन्दै आएको सामान्य मापदण्ड पालना गर्न उनले सबैसँग अपिल गरे।