देशभर आज दुई हजार ७१ संक्रमित थपिए

काठमाडौं। नेपालमा थप दुई हजार ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

पछिल्लो २४ घण्टामा गरिएको पीसीआर परीक्षणबाट उक्त संख्यामा संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार आज कूल १२ हजार ४२७ जनाको पीसीआर परीक्षण भएको थियो।

आज थपिएको संक्रमितसँगै नेपालमा कूल संक्रमितको संख्या एक लाख सात हजार ७७५ पुगेको छ।

हाल सक्रिय संक्रमितकाे संख्या ३१ हजार ३१५ रहेकाे जनाएकाे छ।