धरान। यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन संक्रमितको मृत्यु भएको छ।
प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान-८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।
दुहवीका पुरुषलाई यही असोज १४ गते अस्पताल भर्ना गरिएको थियो। उनलाई मिर्गौलाको समस्या भएको प्रतिष्ठानले जनाएको छ। उनको आज बिहान ३:५० मा मृत्यु भएको हो।
तीन घण्टाका फरकमा लगत्तै धनकुटा अस्पतालबाट रेफर भएर असोज १६ गते भर्ना भएकी ६१ वर्षीया महिलाको बिहान ६:४० मा मृत्यु भएको थियो। उनलाई पनि मधुमेहको समस्या रहेको प्रतिष्ठानले जनाएको छ।
तीनैजनाको शव व्यवस्थापन नेपाली सेनाले गरिरहेको सहप्रवक्ता श्रेष्ठले बताए। रासस
" /> धरान। यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा तीन संक्रमितको मृत्यु भएको छ।प्रतिष्ठानका सहप्रवक्ता डा. आशिष श्रेष्ठका अनुसार सुनसरीको दुहवीका ६४ वर्षीय एक पुरुष र धनकुटाकी ६१ वर्षीया एक महिलाको आज बिहान तथा धरान-८ की एक महिलाको शनिबार राति उपचारका क्रममा मृत्यु भएको छ ।

">