काठमाडौं। संसारभर कोरोनाका ग्राफ एक पटक पुनः बढेको छ। शुक्रबार–शनिबार(२४ घण्टा) पहिलो पटक एकैदिनमा तीन लाख ४२ हजारमा संक्रमण पुष्टि भएको छ। र, ५८८२ जनाको मृत्यु भएको छ।
यसअघि अक्टोबर २ का दिन सबैभन्दा बढी तीन लाख २६ हजार संक्रमित भएका थिए। रेकर्ड तोडको २४ घण्टामा सबैभन्दा बढी भारत तथा अमेरिका र त्यसपछि ब्राजिल, फ्रान्स, अर्जेन्टिना, बेलायत, रुस तथा कोलम्बियामा सर्वाधिक संक्रमित फेला परेका हुन्।
सबैभन्दा बढी मृत्यु हुनेका संख्या भारतमा रहेको छ। हाल सबैभन्दा बढी प्रभावित देशमा भारत दोस्रो स्थानमा रहेको छ। वर्ल्डोमिटर्सका अनुसार संसारभर तीन करोड ६३ लाख संक्रमित छन् भने १० लाख ५९ हजार (२.९२प्रतिशत) ले यो रोगबाट ज्यान गुमाएका छन्।
हालसम्म दुई करोड ७४ लाख(७५ प्रतिशतभन्दा बढी) ले यो भाइरसमाथि विजय पाइसकेका छन्। पछिल्लो समय कोरोना जित्नेको संख्या उल्लेख्य रुपमा बढिरहेको छ।
अहिले संसारभर करिब ८० लाख संक्रमित छन्। यिनीहरुको अस्पतालहरुमा उपचार चलिरहको छ। युरोपमा फ्लुको मौसम सुरु हुन लागेको छ, यही समय कोरोना भाइरस फैलने आशंका बढेको छ।
संक्रमण बढेका कतिपय देशमा कडा नियम लागू गर्न थालिएको छ भने अस्पतालको सुविधा बढाइएको छ। नेपाललगायत कतिपय मुलुकमा अहिले संक्रमण अनियन्त्रित बन्न थालेको छ। यस्ता देशमा जनचेतनाका साथै सरकारले जिम्मेवारी निर्वाह नगरिदिनाले महामारी डर लाग्दो हुन पुगेको छ।
संक्रमणको पहिलो चरणलाई नियन्त्रणमा लिन सफल मानिएका केही देशमा पुनः भाइरस फैलनुले थप चिन्ता उत्पन्न भएको छ। व्यक्तिगत स्वास्थ्य चेतना, नियमित मास्क प्रयोग तथा स्वास्थ्यसंस्थाहरुको चुस्तता आवश्यक रहेको चिकित्सकहरु बताइरहेका छन्।
कोरोनाविरुद्धको भ्याक्सिन निर्माणमा सयौं संस्था सक्रिय छन्। तर आमसर्वसाधारणको पहुँचमा यो कहिले आइपुग्छ भन्न सकिन्न। यसकारण पनि संक्रमणमाट जोगिन चिकित्सक तथा वैज्ञानिकले सुझाएका उपाय अवलम्बन गर्नुको विकल्प छैन।
" /> काठमाडौं। संसारभर कोरोनाका ग्राफ एक पटक पुनः बढेको छ। शुक्रबार–शनिबार(२४ घण्टा) पहिलो पटक एकैदिनमा तीन लाख ४२ हजारमा संक्रमण पुष्टि भएको छ। र, ५८८२ जनाको मृत्यु भएको छ।यसअघि अक्टोबर २ का दिन सबैभन्दा बढी तीन लाख २६ हजार संक्रमित भएका थिए। रेकर्ड तोडको २४ घण्टामा सबैभन्दा बढी भारत तथा अमेरिका र त्यसपछि ब्राजिल, फ्रान्स, अर्जेन्टिना, बेलायत, रुस तथा कोलम्बियामा सर्वाधिक संक्रमित फेला परेका हुन्।

">