काठमाडौं। मानवीय सेवा कार्यहरू गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरूले जोड दिएका छन्।
मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको छलफल कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका हुन्।
म्यानमारमा कार्यरत डा. युवराज अधिकारीले नेपालमा कोभिड प्रतिकार्यमा अग्रपंतिमा संलग्न ७० प्रतिशत चिकित्सक तथा स्वयंसेवकहरुमा कुनै न कुनै प्रकारका मानसिक र मनोवैज्ञानिक समस्या देखिएको आफ्नो अध्ययनले देखाएको दाबी गरे।
“कोभिड पछि मानसिक स्वास्थ्य समस्या बढ्दो छ तर त्यस क्षेत्रमा लगानी आधा घटेकोले नीति निर्माताहरु अत्यन्तै गम्भीर हुनुपर्ने अवस्था छ,” उनले भने।
नेपालमा हरेक दिन औसतमा १५ जनाले आत्महत्या गर्ने गरेको र गएको वर्षमा करिब ६ हजार ३०० ले आत्महत्या गरेको आँकडा प्रस्तुत गर्दै नेपाल रेडक्रस सोसाइटीका कार्यकारी निर्देशक उमेश ढकालले अन्तर्राष्ट्रिय रेडक्रस अभियान र नेपाल रेडक्रसले मानसिक स्वास्थ्यमा गरेका कार्यक्रमको बारेमा प्रस्तुति दिएका थिए।
कार्यक्रममा नेपाल रेडक्रस, साझेदार रेडक्रस सोसाइटीहरु, आइसीआरसी र रेडक्रसको महासंघका प्रतिनिधिहरुसहित ८५ जनाले भाग लिएको रेडक्रसका सञ्चार निर्देशक दिव्यराज पौडेलले जानकारी दिए।
कार्यक्रममा रेडक्रसको एशिया प्रशान्त क्षेत्रीय कार्यालयका विज्ञ एलिजा चेइङले एशिया क्षेत्रका मुलुकका रेडक्रस सोसाइटीहरुले मानसिक स्वास्थ्यका क्षेत्रमा गतिविधि बढाउँदै लगेको तर त्यो पर्याप्त नभएको औंल्याएकी थिइन्।
" /> काठमाडौं। मानवीय सेवा कार्यहरू गर्दा मानसिक स्वास्थ्य र मनोसामाजिक सहयोगको क्षेत्रमा लगानी बढाउनुपर्ने विज्ञहरूले जोड दिएका छन्।मानसिक स्वास्थ्य दिवसको अवसरमा नेपाल रेडक्रस सोसाइटीले आयोजना गरेको अन्तर्राष्ट्रियस्तरको छलफल कार्यक्रममा विज्ञहरूले उक्त कुरा बताएका हुन्।

">