काठमाडौं। नेपाललगायत विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या एक लाख ४६ हाजर ४१९ पुगेको छ। संक्रमितहरूमध्ये हालसम्म ८९५ जनाको मृत्यु भइसकेको छ।
गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म नेपालबाहेक विश्वका ४२ देशमा रहेका ४० हजार ७३५ नेपालीलाई कोरोना संक्रमण भएको छ।
विदेशमा कोरोना संक्रमण भएकामध्ये ३६ हजार ६७३ जना नेपालीहरू कोरोना भाइरसबाट मुक्त भइसकेको एनआरएनएले जनाएको छ। अर्थात् विदेशमा संक्रमण भएकामध्ये ८९ प्रतिशत कोरोना संक्रमणमुक्त भएका छन्।
एनआरएनएका अनुसार यो साता बेल्जियम, स्पेन, नेदरल्याण्ड, भारत, ओमान, कतार र साउदी अरबमा रहेका नेपालीहरुमा थप कोरोना संक्रमण देखिएको छ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म नेपालभित्र एक लाख ५ हजार ६८४ जनालाई कोरोना संक्रमण भएको पुष्टि भइसकेको छ। संक्रमितमध्ये ७४ हजार २५२ जना निको भइसकेका छन्।
यो भनेको नेपालभित्र रहेका कुल संक्रमितको ७० दशमलव ३ प्रतिशत हो।
नेपाल र विदेशमा रहेका कोरोना भाइरस संक्रमित नेपालीमध्ये ७५.७५ प्रतिशत निको भइसकेका छन्।
गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका संयोजक डा. संजीव सापकोटाका अनुसार विगत ९ महिनामा नेपालबाहेक विश्वका १८ देशमा २८१ जना नेपालीको मृत्यु कोरोना संक्रमणका कारण भएको छ ।
संक्रमणबाट विदेशमा गत साता थप १७ जना नेपालीको ज्यान गएको छ। शनिवार साँझसम्म युएईमा एकजना र साउदी अरबमा १६ जना थप नेपालीको कोरोना संक्रमणका कारण मृत्यु भएको एनआरएनएले जनाएको छ।
हालसम्म नेपालभित्र मात्र ६१४ जनाको कोरोना संक्रमणका कारण ज्यान गएको छ।
" /> काठमाडौं। नेपाललगायत विश्वका विभिन्न देशमा कोरोना भाइरस संक्रमित नेपालीको संख्या एक लाख ४६ हाजर ४१९ पुगेको छ। संक्रमितहरूमध्ये हालसम्म ८९५ जनाको मृत्यु भइसकेको छ।गैरआवासीय नेपाली संघ (एनआरएनए)का अनुसार शनिबार साँझसम्म नेपालबाहेक विश्वका ४२ देशमा रहेका ४० हजार ७३५ नेपालीलाई कोरोना संक्रमण भएको छ।

">