मापदण्डविपरीत सञ्चालित नुवाकोटका दुई फार्मेसीमा सिलबन्दी
<p style="text-align: justify;">काठमाडौं। वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभाग र जिल्ला प्रशासन कार्यालयको संयुक्त टोलीले नुवाकोटका ९ फार्मेसीलाई कारबाही गरेको छ।</p>
<p style="text-align: justify;">संयुक्त अनुगमन टोलीले मापदण्ड पूरा नगरी सञ्चालन भएका म्याङ गाउँपालिकाका दुई फार्मेसीलाई सिलबन्दी गरेको छ।</p>
<p style="text-align: justify;">यस्तै विदुर नगारपालिकाका पाँच फार्मेसीलाई १० लाख रूपैयाँ र तादी गाउँपालिकाका दुई फार्मेसीलाई २० हजार रूपैयाँ जरिवाना गरेको विभागले जानकारी दिएको छ।</p>