कैलाली। आगामी २०८० भित्र गेटा मेडिकल कलेजमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।
विगत २७ दिनदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतिमा कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा २०८० फागुन १० भित्र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।
सरकारी मेडिकल कलेज तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी भएको पहिलो बुँदाको ‘ख’ मा गेटा मेडिकल कलेजको कलेज भवन निर्माण सम्पन्न भइसकेको, अस्पताल भवन, छात्रावास भवन, कर्मचारी भवन लगायतका भौतिक पूर्वाधारको ८० प्रतिशत निर्माणको काम सकिएको भनिएको छ।
मन्त्रिपरिषद्मा रहेको एकीकृत स्वास्थ्य शिक्षा प्रतिष्ठान विधेयकलाई संघीय संसदको हिउँदे अधिवेशनमा पेश गरी ऐन जारी भएपछि पूर्वाधार र जनशक्ति पूरा गरेर राष्ट्रिय चिकित्सा शिक्षा ऐन २०७५ बमोजिम निर्धारित समयावधि २०८० को फागुन १० भित्र एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ।
सरकारले २०६६ मा कलेज स्थापनाको घोषणा गरेकामा प्रक्रियागत ढिलाइका कारण निर्माण कार्य भने २०७३ सालदेखि मात्रै निर्माण सुरु गरिएको थियो।
सरकारले तत्कालीन समयमा गेटालाई दशरथ चन्द स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अगाडि बढाउन विधेयकको मस्यौदा बनाएको थियो। तर, संविधानसभा विघटन भएपछि काम अगाडि बढ्न सकेको थिएन।
" /> कैलाली। आगामी २०८० भित्र गेटा मेडिकल कलेजमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने सहमति भएको छ।विगत २७ दिनदेखि आमरण अनशनरत प्राध्यापक डाक्टर गोविन्द केसी र सरकारबीच भएको ८ बुँदे सहमतिमा कैलालीमा निर्माणाधीन गेटा मेडिकल कलेजमा २०८० फागुन १० भित्र एमबीबीएसलगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख गरिएको छ।

">