विश्वमा कोभिड-१९: दुई करोड ८० लाखभन्दा बढी संक्रमणमुक्त
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७४ लाख ५० हजार १४३ पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ५१ हजार ८२२ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ७७ हजार २१८ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप पाँच हजार २ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ८० लाख ९७ हजार ७९७ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८२ लाख ७५ हजार १२८ छ। त्यसमध्ये ६८ हजार ६९८ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७९ लाख ४४ हजार ९४० पुगेको छ।

भारतमा संक्रमितको संख्या ७० लाख ५१ हजार ५४३ पुगेको छ भने ब्राजिलमा ५० लाख ९१ हजार ८४० छ।

प्रतिक्रिया दिनुहोस्