काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ। मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तीमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे। प्रवक्ता गौतमले भने, “चाडपर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानै पर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ।”
मन्त्रालयले धार्मिक स्थलमा हुने हरेक भेला, कार्यक्रममा बढीमा २५ जना मात्रै भेला हुने व्यवस्था गर्न, अभिवादन गर्दा भौतिक दूरी कायम गरी टाढैबाट नमस्कार वा अभिवादन गर्न र शरीर छुने वा अङ्गालो मार्ने कुनै प्रकारको अभिवादन नर्गन पनि सबैमा आग्रह गरेको छ। प्रवक्ता गौतमले भने, “नाक, आँखा, मुख सकेसम्म नछुने, यदि छुनै परेमा हात धोएर वा हातमा सेनिटाइजर प्रयोग गरेर मात्र छुने, खोक्दा, हाछ्युँ गर्दा रुमाल या टिस्यू पेपरले मुख छोप्ने, सो सम्भव नभएमा कुइना दोबारेर छोप्ने, सार्वजनिक स्थलमा जथाभावी नथुक्ने, सम्भव भएसम्म पैसाको कारोवार गर्दा विद्युतीय माध्यमबाट कारोवार गर्ने बानी बासाल्नुपर्छ।”
उनले उच्च जोखिममा रहेका व्यक्तिले घर बाहिर हुने मेलामा सहभागी नहुन पनि आग्रह गरे। गौतमले ज्वरो, खोकी वा स्वासप्रश्वासमा समस्या भएका व्यक्ति, ६० वर्ष भन्दा बढी उमेर भएका व्यक्ति, १२ वर्ष मुनिका बालबालिका, गर्भवती तथा सुत्केरी महिला, रोग प्रतिरोधी क्षमता कम भएका व्यक्तिलाई विशेष सावधानी अपनाउन पनि सुझाए। त्यस्तै मधुमेह, क्यान्सर, उच्च रक्तचाप, मिर्गौला, कलेजो सम्बन्धी समस्या, दमलगायत दीर्घ रोग भएका व्यक्तिहरु, अङ्ग प्रत्यारोपण गरेका व्यक्ति, शरीरमा मेडिकल उपकरण राखेका व्यक्तिलाई कोभिड–१९ बाट सुरक्षित राख्नुपर्ने पनि उनको भनाइ थियो।
रासस
" /> काठमाडौं। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा कोभिड–१९ सम्बन्धी जनस्वास्थ्यका मापदण्ड पालन गर्न अपिल गरेको छ। मन्त्रालयले सबै किसिमका चाडपर्व, जात्रा तथा उत्सव मनाउँदा एउटै घरमा बसोबास गर्ने घर परिवारका व्यक्ति बाहेक अन्य व्यक्तिसँग भेटघाट कम गर्नसमेत सबैलाई अपिल गरेको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता प्राडा जागेश्वर गौतमले भेटघाट गर्नै पर्ने भए कम्तीमा दुई मिटरको दूरी अनिवार्य रुपमा कायम गर्न आग्रह गरे। प्रवक्ता गौतमले भने, “चाडपर्वको समयमा सकेसम्म घरबाट ननिस्कने, जानै पर्ने भएमा मास्क, कार्यक्रम स्थलमा प्रवेश गर्दा अनिवार्य रुपले साबुन पानीले हात धुने र सेनिटाइजर प्रयोग गर्नुपर्ने हुन्छ।”

">