नेपालमा सक्रिय सङ्क्रमित ३० हजार ८१८
<p style="text-align: justify;">काठमाडौँ। नेपालमा आज कूल ३० हजार ८१८ सक्रिय सङ्क्रमित रहेको कोभिड-१९ सम्बन्धी स्वास्थ्य मन्त्रालयको राष्ट्रिय अद्यावधिक विवरणले जनाएको छ। </p>
<p style="text-align: justify;">सक्रिय सङ्क्रमितमध्ये १३ हजार ६५४ जना संस्थागत आइसोलेसनमा र १७ हजार १६४ जना होम आइसोलेसनमा रहेका छन्। </p>
<p style="text-align: justify;">बागमती प्रदेशबाट सर्वाधिक ९,१०३ जना संस्थागत आइसोलेसनमा र ११,२०६ होम आइसोलेसनमा रहेको मन्त्रालयले जनाएको छ।</p>