काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सम्बन्धित कारणबाट १४ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६१४ पुगेको छ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र १२ पुरुष रहेका छन्।
महामारीका रूपमा फैलिएको कोभिड-१९ का कारण मृत्यु हुनेमा काठमाडौँकी ६८ वर्षीया र धादिङकी ३१ वर्षीया महिला रहेका छन्।
त्यस्तै, कोराना सङ्क्रमण भई ज्यान गुमाउने पुरुषहरूमा सुनसरीका ४५ वर्षीय, मोरङका २० र ७२ वर्षीय, सर्लाहीका ७१ वर्षीय, काठमाडौँका ४८ र ९० वर्षीय, ललितपुरका ४३ र ४९ वर्षीय, भक्तपुरका ६८ वर्षीय, मकवानपुरका ७७ वर्षीय, नवलपरासी (पूर्व)का ३६ वर्षीय र रुपन्देहीका ५७ वर्षीय रहेका छन्।
कोभिड-१९ सङ्क्रमितमध्येबाट मृत्यु हुने ०.५८ प्रतिशत रहेको जनाइएको छ।
" /> काठमाडौँ। गत २४ घण्टामा कोभिड-१९ सम्बन्धित कारणबाट १४ जनाले ज्यान गुमाएका छन्। यससँगै नेपालमा कोभिड-१९ बाट मृत्यु हुनेको सङ्ख्या ६१४ पुगेको छ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा शनिबार दिइएको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणअनुसार गत २४ घण्टामा कोभिड-१९ सङ्क्रमण भई निधन हुनेमा २ महिला र १२ पुरुष रहेका छन्।

">