राजविराज। सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।
जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा संक्रमित बढ्न थालेकोले परीक्षण बढाउन माग गरिउको हो।
बैठककले स्वाब परीक्षण गर्ने भीटीएम र किट (रिएजेन्ट) लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन संघ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ।
बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले जिल्लामा कोरोना संक्रमण, रोकथाम तथा उपचारको अवस्थाबारे जानकारी गराए।
सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३६२ संक्रमित भएका छन्। तीमध्ये एक हजार १०३ जना संक्रमणमुक्त भएका छन्। रासस
" /> राजविराज। सप्तरीमा कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन्।जिल्ला विपद् व्यवस्थापन समितिको बैठकमा लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा संक्रमित बढ्न थालेकोले परीक्षण बढाउन माग गरिउको हो।

">