रामपुर। पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।
गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पाइएपछि गएरातिदेखि १ कात्तिकसम्मलाई गाउँपालिका पनि 'सिल' गरिएको छ।
गाउँपालिकाले ५० जनाको स्वाब सङ्कलन गरी पाल्पा अस्पतालमा सञ्चालन गरिएको कोभिड-१९ प्रयोगशालामा पठाइएको थियो। तीमध्ये १० जनाको रिपोर्ट पोजिटिभ आएको हो।
यसैगरी रामपुरमा कोरोना सङ्क्रमण देखिएपछि एक हप्तासम्मका लागि नगरपालिका 'सिल' गरिने भएको छ। रामपुर अस्पतालमा कार्यरत २८ स्वास्थ्यकर्मीमा कोरोना पुष्टि भएपछि आज राति १२ बजेदेखि ३० असोजसम्मका लागि नगरपालिकामा आवतजावत, व्यापार, व्यवसाय, उद्योग कलकारखाना, सवारीसाधन सञ्चालनमा रोक लगाइने नगरप्रमुख रमणबहादुर थापाले बताए।
रामपुर अस्पतालले आकस्मिकबाहेकका अन्य सेवा बन्द गरेको छ। रासस
" /> रामपुर। पाल्पाको निस्दी गाउँपालिकाका जनप्रतिनिधि तथा कर्मचारीमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि गाउँपालिकाको अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको छ।गाउँपालिकाका अध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कर्मचारीमा संक्रमण पाइएपछि गएरातिदेखि १ कात्तिकसम्मलाई गाउँपालिका पनि 'सिल' गरिएको छ।

">