काठमाडौं। प्रत्येक वर्ष संसारभर करिब २० लाख शिशु मृत जन्म (स्टिलबर्थ) हुँदै आएको विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र बाल कोष तथा सहयोगी संस्थाहरुको अध्ययनले देखाएको छ।
यो समस्या विशेषगरी विकासशील मुलुकमा बढी रहेको पनि अध्ययनले देखाएको छ। बिहीबार प्रकाशित एक रिपोर्टमा यस्तो तथ्य देखाइएको हो।
गर्भाधानको २८ साता वा त्यसपछि मृत शिशु जन्मने घटनालाई ‘स्टिलबर्थ’ भनिन्छ। स्टिलबर्थ बढी मात्रामा दक्षिण एशिया र उपसहारा अफ्रिकामा देखा परेको छ। यी क्षेत्रमा पछिल्ला वर्षमा प्रत्येक तीनमा एक शिशु स्टिलबर्थ रहेको संयुक्त राष्ट्र संघीय स्वास्थ्य एजेन्सीको भनाइ छ।
उक्त रिपोर्टले कोभिड-१९ महामारीमा स्टिलबर्थ वृद्धि हुन सक्ने चेतावनी पनि दिएको छ। कोरोना संक्रमणका कारण स्वास्थ्य सेवामा गिरावट आएर आधा हुन पुगेको छ। यही कारण आगामी वर्ष ११७ विकासशील मुलुकमा थप दुई लाख स्टिलबर्थ हुन सक्ने बताइएको छ।
संयुक्त राष्ट्र बाल कोषका कार्यकारी निर्देशक हेनरिटा फोर भन्छिन्, ‘‘प्रत्येक १६ सेकेन्डमा कुनै क्षेत्रका आमा स्टिलबर्थको पीडा झेलिरहेका छन्।’’ स्तरीय हेरचाह, प्रसवपूर्वको उपचार तथा सुरक्षित प्रसवका लागि व्यावसायिक चिकित्सकको सहयोगले नै यस्तो पीडा कम गर्न सक्ने फोरको भनाइ छ।

स्टिलबर्थको ४० प्रतिशतभन्दा बढी घटना प्रसवको समय दक्ष चिकित्सक उपलब्ध नहुनु रहेको डब्ल्यूएचओको भनाइ छ। मध्य एशिया र अफ्रिकामा स्टिलबर्थका आधा घटना प्रसवको समयमा हुने गरेको पाइएको छ।
उता, युरोप, उत्तर अमेरिका, अस्ट्रेलिया तथा न्युजिल्यान्डमा यस्तो घटना ६ प्रतिशतको हाराहारीमा रहेको देखिन्छ।
डब्ल्यूएचओका अनुसार स्टिलबर्थको मामिला अधिक मात्रामा जातीय अल्पसंख्यकमा हुने गरेको छ। क्यानडामै पनि अल्पसंख्यक महिलाले स्टिलबर्थको पीडा देशका अन्य महिलाले भन्दा तीन गुणा ज्यादा भोगिरहेका छन्।
(एजेन्सी)
" /> काठमाडौं। प्रत्येक वर्ष संसारभर करिब २० लाख शिशु मृत जन्म (स्टिलबर्थ) हुँदै आएको विश्व स्वास्थ्य संगठन, संयुक्त राष्ट्र बाल कोष तथा सहयोगी संस्थाहरुको अध्ययनले देखाएको छ।यो समस्या विशेषगरी विकासशील मुलुकमा बढी रहेको पनि अध्ययनले देखाएको छ। बिहीबार प्रकाशित एक रिपोर्टमा यस्तो तथ्य देखाइएको हो।

">