काठमाडौं। विश्वमा पछिल्लो २४ घण्टाभित्र तीन लाख ५१ हजार ५२८ जना कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन्। सोही अवधिमा पाँच हजार ७३१ जनाको मृत्यु भएको छ।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ७० लाख ९१ हजार ४५६ र मृत्यु हुनेको संख्या १० लाख ७२ हजार १४१ पुगेको छ।
पछिल्लो २४ घण्टाभित्र थपिएका संक्रमितमध्ये भारतमा सबैभन्दा बढी ७३ हजार १९६ जना रहेका छन्। सोही अवधिमा मृत्यु हुनेको संख्या पनि भारत अग्रस्थानमा छ। गत २४ घण्टामा भारतमा कोरोना भाइरसका कारण ९२९ जनाले ज्यान गुमाएका हुन्।
अमेरिकामा पछिल्लो २४ घण्टाभित्र ५९ हजार ५२८ नयाँ संक्रमित थपिएका छन्। त्यहाँ थप ८९९ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन्।
ब्राजिलमा २७ हजार ६५१ जना नयाँ संक्रमित थपिएका छन् भने ६५८ जनाको मृत्यु भएको वर्ल्डोमिटर्सको तथ्यांक छ।
गत २४ घण्टाभित्र फ्रान्समा २० हजार ३३९, अर्जेन्टिनामा १५ हजार ९९, बेलायतमा १३ हजार ८६४, रसियामा १२ हजार १२६, कोलम्बियामा आठ हजार १२१, बेल्जियममा पाँच हजार ७२८, मेक्सिकोमा पाँच हजार ३०० तथा स्पेनमा पाँच हजार ९८६ जना नयाँ संक्रमित थपिएका छन्।