नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या १ लाख नाघ्यो
<p>काठमाडौँ। गत २४ घण्टामा २,०५९ जनामा थप कोभिड–१९ सङ्क्रमण देखिएसँगै नेपालमा कूल सङ्क्रमित हुनेको सङ्ख्या १ लाख नाघेको छ। </p>
<p>नेपालमा हालसम्म १ लाख ६७६ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको शुक्रबारको कोभिड–१९ राष्ट्रिय अद्यावधिक विवरणमा जनाइएको छ। </p>
<p>गत २४ घण्टामा कूल १३,२७९ जनामा कोभिड–१९ का लागि पिसिआर विधिबाट परीक्षण गरिएको थियो। </p>
प्रतिक्रिया दिनुहोस्
