कैलाली। सुदूरपश्चिम प्रदेशमा बिहीबार साँझसम्ममा ६ हजार ७०१ जना कोरोना संक्रमित निको भएका छन्।
प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा सात हजार ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
सामाजिक विकास मन्त्रालय सुदूरपश्चिम प्रदेशका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्रसिंह कार्कीले दिएको जानकारीअनुसार कैलालीमा दुई हजार ८२६, कञ्चनपुरमा ८७०, डडेल्धुरामा ३३९, डोटीमा एक हजार ११२ जनामा कोरोना संक्रमण भएको छ।
त्यस्तै बैतडीमा ४२६, दार्चुलामा १४४, बाजुरामा ४५३, बझाङमा ५५२ र अछाममा एक हजार ९५ जनामा कोरोना संक्रमण पुष्टि भएको महाशाखा प्रमुख कार्कीले जानकारी दिए।
यसैगरि कोरोना संक्रमणमुक्त हुनेमा कैलालीका दुई हजार २३०, कञ्चनपुरका ७७७, डडेल्धुरा ३२५ र डोटीका ९८३ जना रहेको स्वास्थ्य महाशाखा प्रमुख कार्कीले बताए।
त्यस्तै बैतडीका ३९३, दार्चुला ७१, बाजुरा ४५१, बझाङ ४४१ र अछामका एक हजार ३१ जना कोरोना संक्रमणमुक्त भएका छन्।
प्रदेशभरि कोरोनाबाट मृत्यु हुनेको संख्या १८ रहेको स्वास्थ महाशाखाले जानकारी दिएको छ। जसमा कैलालीका ९, कञ्चनपुरका १, डडेल्धुराका १, बैतडीका १, बाजुराका २, बझाङका २ र अछामका २ जना रहेको महाशाखा प्रमुख कार्कीले बताए।
त्यस्तै प्रदेशभर एक हजार १२१ जना क्वारेन्टिनमा रहेका छन् भने एक हजार ९९ जना आइसोलेसनमा रहेको प्रदेश महाशाखा प्रमुख कार्कीले बताए। उनले अहिलेसम्म प्रदेश भर ८८ हजार ९३१ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको बताए।
" /> कैलाली। सुदूरपश्चिम प्रदेशमा बिहीबार साँझसम्ममा ६ हजार ७०१ जना कोरोना संक्रमित निको भएका छन्।प्रदेशको सामाजिक विकास मन्त्रालयले दिएको जानकारीअनुसार अहिलेसम्ममा सात हजार ८१९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

">