झापा र सप्तरीमा थप दुई सङ्क्रमितको मृत्यु
झापा। कोरोना भाइरस सङ्क्रमणबाट झापा, दमकका एकजना पुरुषको मृत्यु भएको छ।

दमक नगरपालिका-९ का ५२ वर्षीय सङ्क्रमित पुरुषको धरानस्थित विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान उपचारका क्रममा मृत्यु भएको हो।

गत असोज १८ गते अस्पताल भर्नासँगै सङ्क्रमण देखिएका उनको दिउँसो उपचारका क्रममा मृत्यु भएको प्रतिष्ठानका सहप्रवक्ता डा .आशिष श्रेष्ठले जानकारी दिए।

यससँगै दमकमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या तीन र जिल्लामा १२ पुगेको छ।

दमकमा एक महिला र दुई सङ्क्रमित पुरुषको मृत्यु भएको छ।

यस्तै  सप्तरीमा कोरोना सङ्क्रमणबाट बिहीबार साँझ थप एक वृद्धको मृत्यु भएको पुष्टि भएको छ।

मृत्यु हुनेमा जिल्लाको डाकनेश्वरी नगरपालिका–४ निवासी ६७ वर्षीय वृद्धका रहेको जिल्ला स्वास्थय कार्यालयका प्रमुख दुनियालाल यादवले जानकारी दिए।

उपचारका लागि धरानतर्फ पठाउने क्रममा ६७ वर्षीय वृद्धको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

स्वास्थ्य प्रमुख यादवका अनुसार चार-पाँच दिनअघि ज्वरो आएपछि उनी गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा भर्ना भएका थिए।

सोही क्रममा एक दिन अगाडि स्वाब परीक्षण गर्दा उनमा सङ्क्रमण भेटिएपछि होमआइसोलेसन रहेका उनको थप उपचारका लागि लगिने क्रममा मृत्यु भएको  जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख यादवले बताए।

होम आइसोलेसनमा उनको स्वास्थ्य अवस्था गम्भीर भएपछि थप  उपचारका लागि धरानस्थित  बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा मृत्यु भएको स्वास्थ्य कार्यालयले जनाएको  छ।

मृतक निमोनिया रोगले ग्रसित रहेको जनाइएको छ।

यससँगै सप्तरीमा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १८ पुगेको स्वास्थ्य कार्यालय प्रमुख यादवले जानकारी दिए।

यस्तै हालसम्म सप्तरीमा एक हजार ३५७ जनामा कोरोना सङ्क्रमण देखिएको छ। सङ्क्रमितमध्ये एक हजार ९६ निको भएर घर फर्किएका छन्। रासस

प्रतिक्रिया दिनुहोस्