विश्वमा कोभिड-१९: १० लाख ६६ हजार संक्रमितकाे मृत्यु
काठमाडौं। विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६७ लाख ३४ हजार ५६० पुगेको छ।

पछिल्लो २४ घण्टामा तीन लाख ४४ हजार ६३९ संक्रमित थपिएका हुन्।

कोभिड-१९ बाट विश्वमा मृत्यु हुनेको संख्या १० लाख ६६ हजार ३३९ पुगेको छ।

पछिल्लाे २४ घण्टामा थप ६ हजार ३४६ जनाकाे मृत्यु भएकाे हाे।

वर्ल्डोमिटर्सका अनुसार हालसम्म दुई करोड ७६ लाख २९ हजार ६७९ जना संक्रमणमुक्त भएका छन्।

विश्वमा सक्रिय संक्रमितको संख्या ८० लाख ३८ हजार ५४२ छ। त्यसमध्ये ६७ हजार ७५९ जना गम्भीर अवस्थाका छन्।

सबैभन्दा बढी प्रभावित देश अमेरिकामा संक्रमितको संख्या ७८ लाख ३१ हजार ३७२ पुगेको छ।

भारतमा संक्रमितको संख्या ६९ लाख तीन हजार ८०६ पुगेको छ भने ब्राजिलमा ५० लाख २९ हजार ५३९ छ।

प्रतिक्रिया दिनुहोस्