चितवन। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।
भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-१ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो।
अस्पतालका सूचना अधिकारी लीलाधर पौडेलले ती वृद्धको बुधबार मृत्यु भएको जानकारी दिए। उनमा दुई दिनअघि मात्र कोरोना संक्रमण पुष्टि भएको थियो।
लामो समयदेखि दम तथा उच्च रक्तचापको समस्या रहेको उनमा पछिल्लो समय खोकी र श्वासप्रश्वास देखिएपछि मंगलबार बेलुका ७ बजे अस्पताल भर्ना गराइएको थियो।
उनको कोभिड आइसियुमा उपचारका क्रममा मृत्यु भएको अस्पतालले जनाएको छ।
" /> चितवन। चितवनमा कोरोना भाइरसको संक्रमणबाट एकजनाको मृत्यु भएको छ।भरतपुर अस्पतालमा उपचाररत भरतपुर महानगरपालिका-१ का ९२ वर्षीय वृद्धको कोरोनाबाट मृत्यु भएको हो।

">