काठमाडौं। विश्वभर कोरोना संक्रमणबाट निको हुनेको संख्या दुई करोड ७३ लाख ९३ हजार ७२५ पुगेको छ। निको हुनेको संख्या कूल संक्रमितको ७५.३० प्रतिशत हो।
पछिल्लो तथ्यांकअनुसार विश्वमा कोरोना संक्रमितको संख्या तीन करोड ६३ लाख ७६ हजार ३६८ पुगेको छ। हाल सक्रिय संक्रमितको संख्या ७९ लाख २२ हजार ७२८ रहेको छ।
नेपालमा बुधबार थप एक हजार १२६ सहित कूल ६८ हजार ६६८ जना उपचारपछि निको भइसकेका छन्। यहाँ सक्रिय संक्रमितको संख्या हाल २५ हजार सात रहेको छ।
वर्ल्डोमिटर्सको तथ्यांकअनुसार अमेरिकामा सबैभन्दा बढी ४९ लाख ७५ हजार १२१ जना उपचारपछि कोरोनामुक्त भएका छन्। त्यहाँ अहिले पनि २५ लाख ८१ हजारभन्दा बढी सक्रिय संक्रमित छन्।
विश्वमै संक्रमित धेरै हुने देशमध्ये दोस्रो स्थानमा रहेको भारतमा आजसम्म ५८ लाख २४ हजार ४६२ जना उपचारपछि कोरोनामुक्त भएका भइसकेका छन्। भारतमा हाल नौ लाख दुई हजारभन्दा बढी सक्रिय केस रहेका छन्।
यसैगरी ब्राजिलमा निको हुनेको संख्या ४३ लाख ९१ हजार ४२४ पुगेको छ। त्यहाँ सक्रिय संक्रमितको संख्या चार लाख ६० हजार ९६६ रहेको तथ्यांक छ।
संक्रमित धेरै हुने मुलुकहरू रसियामा नौ लाख ९५ हजार २७५, कोलम्बियामा सात लाख ७३ हजार ९७३, पेरूमा सात लाख २३ हजार ६०६, अर्जेन्टिनामा ६ लाख ७० हजार ७२५, दक्षिण अफ्रिकामा ६ लाख १८ हजार १२७ तथा मेक्सिकोमा पाँच लाख ५७ हजार ४७८ जना संक्रमित उपचारपछि कोरोनामुक्त भएको तथ्यांक छ।